राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जनाको उम्मेदवारी दर्ता

SHARE:

काठमाडौं ८ जनवरी २०२४ ।

राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

१९ सदस्यका लागि माघ ११ गते हुने चुनावमा सात वटै प्रदेशमा गरी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ । आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममा सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराएको हो ।

उम्मेदवारी दर्ता गराउनेमा महिला समूहतर्फ १८ जना, दलित समूहतर्फ पाँच जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ जना र अन्य समूहतर्फ २१ जना छन् । निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा पाँच जना, मधेस प्रदेशमा पाँच जना, बाग्मती प्रदेशमा १५ जना र गण्डकी प्रदेशमा आठ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा सात जना, कर्णाली प्रदेशमा छ जना र सुदूरपश्चिम प्रदेशमा छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पर्सि २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

माघ ११ गते १९ सदस्यका लागि हुने चुनावमा सत्तारूढ गठबन्धनका दलहरूले सामूहिक उम्मेदवारी दिएका छन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ । अहिलेकै अवस्थामा १९ वटै सिटमा गठबन्धनका उम्मेदवार निकै बलिया देखिएका छन् । तर गठबन्धनका मतदाताले नै पार्टी नभई व्यक्ति पनि हेर्ने भएकाले आफ्ना उम्मेदवारले जित्ने एमालेको दाबी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!