नेवार समुदायले लण्डनमा पनि मनायो ‘योमरी पुन्ही’

SHARE:

लण्डन ८ जवनरी २०२४ ।

नेवार समुदायमा मनाइने ‘योमरी पुन्ही’ विशेष कार्यक्रमसहित लण्डनमा पनि मनाइएको छ ।

पासा पुच: गुथि साउथ इष्ट लण्डनको आयोजनामा आइतबार गोर्खा क्याप्रिकन, प्लमस्टिडमा योमरी बनाउने र खाने प्रतियोगितासहित पर्व मनाइएको हो । कार्यक्रमको मुख्य आकर्षण योमरी बनाउने र खाने प्रतियोगिता थियो । समुदायका एक दर्जन बढी सदस्यले भाग लिएको योमरी बनाउने प्रतियोगितामा निर्जला प्रजापति श्रेष्ठ प्रथम, सविना महर्जन दोस्रो र जुनु कोजु श्रेष्ठ तेस्रो भए ।

तोकिएको समयभित्र सबैका सामु प्रत्यक्ष योमरी बनाउनेहरुमध्ये कार्यक्रमका सहभागीले दिएको मतका आधारमा विजेता चुनिएको थियो । सो प्रतियोगितामा पासा पुच: गुथि यूके अध्यक्ष सुशील प्रजापति प्रमुख निर्णायक तथा रिता श्रेष्ठ र हिरामाया कर्माचार्य निर्णायक थिए ।

त्यस्तै, योमरी खाने प्रतियोगितातर्फ भने सुशील प्रजापति विजेता बने।सुधिर श्रेष्ठ र शिना वैद्य क्रमशस् दोस्रो र तेस्रो भए । दुई मिनेटभित्र तीन वटा योमरी खाने प्रतियोगितामा आधा दर्जन बढीले भाग लिएका थिए । गुथिका अध्यक्ष माधवलाल श्रेष्ठले विजेताहरुलाई ट्रफी र पुरस्कार वितरण गरेका थिए ।

गुथि अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोरञ्जनका लागि सबै सहभागीबीच रमाइलो बिंगो खेलाइएको थियो । साथमा धिमे बाजाको प्रस्तुतिसंगै विभिन्न नेवारी तथा नेपाली गीतमा नाचगान समेत गरिएको थियो । सो अवसरमा ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, प्रवासी नेपाली मञ्च बेलायत इञ्चार्ज विनोद ज्ञवाली, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठ, पासा पुच गुथि यूके अध्यक्ष सुशील प्रजापति, लन्डन शाखा अध्यक्ष रुक्मणी मानन्धर, अभिनेत्री पल्पसा डंगोल ’चम्सुरी’ लगायतको पनि उपस्थिति थियो ।

गुथिकी उपाध्यक्ष रिता श्रेष्ठले संयोजन गरेको कार्यक्रम महासचिव नगेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा करिब एक सय जनाको सहभागिता थियो । योमरी बनाउने कार्यमा गुथिका सदस्य तथा आमा समूहका सदस्यहरुले स्वयमसेवा गरेका थिए । यसैबीच, गुथिले आगामी अप्रिल १३ तारिख शनिबार नेपाली नयाँ वर्षका दिन प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा विशेष कार्यक्रमसहित बिस्केट जात्रा मनाउने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!