वैदेशिक रोजगारीमा जानेलाई सस्तोमा ऋणको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

SHARE:

काठमाडौं ९ जनवरी २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयसँगको छलफलमा वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन् ।

‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनुहोला । श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला,’ प्रधानमन्त्रीले भने ।

उनले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकलाई आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!