मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

SHARE:


तेल अभिभ १० जनवरी २०२४ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताएका छन् ।

उनले भने, “मृत्यु हुने प्यालेष्टिनी बालबालिका र महिलासहित सर्वसाधारणको सङ्ख्या ‘धेरै’ हुनु दुःखको बिषय भएको र यस सम्बन्धमा संयमित हुन इजरायली प्रशासनसँग आग्रह गरिएको छ ।” गाजा पट्टीमा युद्ध सुरु भएयता मध्यपूर्वको आफ्नो चौथो सङ्कटकालीन भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग तेल अभिभमा भेटवार्ता गरेका थिए ।

ब्लिन्केनले तेल अभिभमा पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाले आफ्नो सहयोगीलाई समर्थन जारी राख्ने बताए तर प्यालेस्टिनी क्षेत्रमा फसेका इजरायली तथा अन्य देशका नागरिकहरूको सुरक्षाका लागि थप काम गर्न पनि आवश्यक रहेको बताए ।

वासिङ्टनले युद्धपछिको परिदृश्य प्रस्तुत गरेको छ, जसमा राष्ट्रपति महमुद अब्बासको नेतृत्वमा रहेको सुधारिएको प्यालेस्टिनी प्राधिकरणले पश्चिम किनाराका साथै गाजामा पनि शासन गरिरहेको छ । सन् १९६७ देखि इजरायलले कब्जा गर्दै आएको वेस्ट बैंकमा हाल प्राधिकरणले सीमित शासन सञ्चालन गर्दै आएको छ ।

बुधबार प्यालेस्टिनी प्राधिकरणका प्रमुखसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ । वासिङ्टनले हमाससँग इजरायलको युद्ध समाप्त भएपछि प्यालेस्टिनी प्राधिकरणले गाजामा शासन गर्न सक्ने बताएको छ । गाजामा सबै राजनीतिक तथा प्रशासनिक निर्णयमा हमासको प्रभाव रहने गरेको छ ।

“इजरायलले प्यालेस्टाइनको प्रभावकारी शासन गर्ने क्षमतालाई कमजोर पार्ने कदम चाल्नु हुँदैन,”दुई राज्य समाधानको दिशामा प्रगतिको महत्वमा जोड दिँदै ब्लिन्केनले मङ्गलबार भने । उनले भने, “प्यालेस्टिनी प्राधिकरणको पनि आफूलाई सुधार गर्ने, आफ्नो शासन प्रणालीमा सुधार गर्ने जिम्मेवारी छ,” मैले राष्ट्रपति अब्बाससँग यी मुद्दाहरू उठाउने योजना बनाएको छु ।

यद्यपि नेतन्याहूले प्यालेस्टिनी राज्यतर्फ वार्तालाई पुनर्जीवित गर्न कुनै चासो देखाउनुभएको छैन । यसअघि, रक्षामन्त्री योआभ ग्यालान्टले तयार पारेको युद्धपछिको प्रारम्भिक योजनामा इजरायलले हमासलाई ध्वस्त पारेपछि गाजालाई नियन्त्रण गर्ने स्थानीय ‘नागरिक समितिहरू’ को परिकल्पना गरेका छन् । ब्लिन्केनले मङ्गलबार नेतन्याहूको धारणा परिवर्तन भएको हो वा होइन भन्नेबारे भने केही बताएन ।

हमासले सन् २००७ मा अब्बासको फताह पार्टीलाई सत्ताच्यूत गर्दै गाजा पट्टीमा आफ्नो एकल नियन्त्रण बनाउन सफल भएको थियो । तर हमासका प्रमुख इस्माइल हनियाले गत हप्ता गाजा र वेस्ट बैंकमा एउटै प्यालेस्टाइनी प्रशासनको विचारका लागि आफू तयार रहेको बताएका थिए ।

यसैबीच जोर्डनको राजदरबारले राजा अब्दुल्लाह द्वितीयले अब्बास र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीलाई गाजासम्बन्धी वार्ताका लागि बुधबार स्वागत गर्ने जनाएको छ ।

गाजामा अक्टोबर ७ मा हमासले अभूतपूर्व आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो, जसमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको इजरायली अधिकारीबाट एएफपीलाई प्राप्त तथ्याङ्कमा उल्लेख छ । त्यस दिन लडाकूहरूले करिब २५० जनालाई बन्धक बनाएका थिए । तीमध्ये १३२ जना गाजामा रहेको र कम्तीमा २५ जना मारिएको अनुमान गरिएको इजरायलले जनाएको छ ।

इजरायलले गाजामा निरन्तर बमबारी र स्थल आक्रमण गरेको छ जसमा कम्तीमा २३ हजार २१० जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेका हमास शाशित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।मन्त्रालयले बुधबार बिहान घोषणा गरेको आक्रमणमा परी अन्य ७० जनाको मृत्यु हुनुका साथै १३० भन्दा बढी घाइते भएका छन् ।

इजरायली सेनाले बुधबार बिहानै अर्को एक सैनिकको मृत्यु भएको घोषणा गर्दै यससँगै प्यालेष्टिनी क्षेत्रमा कारबाही शुरू भएपछि अहिलेसम्म मारिने इजरायली सैनिकको सङ्ख्या १८६ पुगेको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!