काठमाडौं ११ जनवरी २०२४ ।

सर्लाही जिल्ला अदालतले तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले दिएको जानकारी अनुसार बम्जनलाई बलात्कार आरोपमा परेको रिटको सुनुवाइ गर्दै अदालते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले सो आदेश गरेका हुन् ।
बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् ।
२०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो । उनी पुस २४ मा काठमाडौँको हात्तीगौंडाबाट पक्राउ परेका हुन् ।






