एनआरएनएद्वरा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

SHARE:

धरान १७ जनवरी २०२४ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोसी प्रदेशको धरान रेडक्रस सोसाइटीलाई मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।

धरानमा बुधबार एक कार्यक्रम गरी एनआरएनएले सुनसरी जिल्ला शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरेको हो । ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस एनआरएनएका अध्यक्ष डा. बद्री केसी र कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरेका हुन् ।

ब्लड बस हस्तान्तरणमा कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले गैरआवासीय नेपालीहरूलाई कोसी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न आग्रह गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोसी प्रदेशमा लगानीका प्रशस्त सम्भावना रहेको बताउँदै समृद्ध कोसीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरूसँग मिलेर काम गर्न प्रस्ताव गरेका थिए ।

कार्यक्रमलाई गैरआवासीय नेपाली संघका अध्यक्ष डा. केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरू सक्रिय रहेको बताए । विदेशीहरूको लगानीभन्दा गैरआवासीय नेपालीहरूको लगानी दिगो हुने अध्यक्ष डा. केसीको भनाइ थियो ।

उनले कोसी प्रदेशको समृद्धिको लागि संघले पूर्वाधार लगायतका क्षेत्रमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको जनाए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!