वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसीबीच भएको सम्झौता रद्द गर्न मेनपावर व्यवसायी संघको अल्टिमेटम

SHARE:

काठमाडौं १८ जनवरी २०२४ ।

मेनपावर व्यवसायी संघले वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसी बीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम दिएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको फरेक वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरका तानासिलिनले गरेको सम्झौताको अवैधानिक भएको भन्दै व्यवसायीले रद्द गर्न माग गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती हिजोबाट नै व्यवसायीसँग छलफल गर्ने भनेर भागेको आरोप लगाएका छन् ।

‘वैदेशिक रोजगार बोर्ड कार्तिक २१ गते बसेको बैठकमा कल्याणकारी कार्यको लागि अख्तियारी दिने भन्ने सम्बन्धमा के विषय हो रु स्पष्ट नभई अख्तियारी दिन नसक्ने भन्ने धारणा राखेको थिए ।

बैठकमा उपस्थितहरूको हस्ताक्षर तोडमोड गरी निर्णय गरेको पाइयो । यसरी तोडमोड गरी रोजगार बोर्ड र एफडब्लूडब्लूएमसी बीच भएको सम्झौता तुरुन्तै खारेज हुनुपर्छ । यदि खारेज नभए तपाईँलाई बोर्ड कार्यकारी निर्देशकको भूमिका र पदीय दायित्वप्रति प्रश्न खडा हुनेछ,’ व्यवसायीले बुझाएको अल्टिमेटमा पत्रमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!