भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, आठ जनाको मृत्यु

SHARE:

एजेन्सी १९ जनवरी २०२४ ।

भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ । केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय अधिकारीले जनाएका छन् ।

हिंसामा पाँच सर्वसाधारण र सेनाका तीन जवानसहित आठ जनाको मृत्यु भएको छ । बुधबार तीन प्रहरीको मृत्यु भएको र ६ प्रहरी घाइते भएको क्षेत्रमा त्यसको भोलिपल्ट सेनाका तीन जवान मारिएको जनाइएको छ । सेनासँग भएको झडपमा कयौँ मानिस घाइते भएका छन् । बिहीबार मणिपुरका कयौँ क्षेत्रमा हिंस्रक प्रदर्शन भएको थियो ।

मणिपुरमा आठ महिनादेखि जातीय द्वन्द्व चलिरहेको छ । यस क्रममा २००भन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजार मानिस विस्थापित भएका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!