मेरो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो हो: रवि लामिछाने

SHARE:

काठमाडौं २२ जनवरी २०२४ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । सञ्चार माध्याममा आएजस्तो आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो भएको समेत उनले दाबी गरे ।

मेरो खातामा पैसा आएको छैन कसैले केही समयका लागि खातामा पैसा हालिदियो स्लिपसँग मेरो कुनै लेनादेना छैन उनले भने । ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा १५ प्रतिशत शेयरको नाममा उनले १ करोड ८० लाख आफ्नो निजी खातामा सारेको विषय बाहिरिएको थियो ।

सहकारी र लघुवित्तले जनतालाई दुस्ख दिएको र यसलाई समाधान गर्नुपर्नेमा आफ्नो पार्टी दृढ रहेको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!