प्रविधिमैत्री सेवा र अपराध नियन्त्रणामा सशस्त्र प्रहरी बल चनाखो हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २३ जनवरी २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

२३ औंँ सशस्त्र प्रहरी दिवसको अवसर पारेर मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरी बलमा आबद्ध अधिकृत र जवानहरुको वृत्ति विकास र उनीहरुका लागि आवश्यक सामानहरु उपलब्ध गराउन सरकारले उच्च प्राथमिकता दिने बताए ।

प्रधानमन्त्री दाहालले प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनाखो रहन पनि सशस्त्र प्रहरी बललाई निर्देशन दिए । उनले सूचना प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसको परिचालन राष्ट्रिय हितअनुकूल गर्न पनि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई सचेत गराए ।

प्रधानमन्त्री दाहालले सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले बलले खेलेको भूमिकाको प्रशंसा गर्दै सोसम्बन्धी तय गरिएको कार्यक्रमलाई सरकारले दृढताका साथ अघि बढाउने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!