बेलायत र अमेरिकाद्वारा हुथी विद्रोहीविरुद्ध पुनः हवाई आक्रमण

SHARE:

लण्डन २३ जनवरी २०२४ ।

अमेरिका र बेलायतले यमनको हुथी विद्रोहीविरुद्ध पुनः हवाई आक्रमण गरेका छन् ।

पेन्टागनका अनुसार गएराति अमेरिकी र बेलायतकी सैनिकले यमनको हुथी विद्रोही लक्षित आक्रमण गरेका हुन् । आक्रमणबाट हुथी समूहको भूमिगत गोदाम, हतियार केन्द्र तथा निगरानी केन्द्रहरुसहित विभिन्न ८ ठाउँमा क्षति पुगेको उनीहरुको दाबी छ ।

लाल सागरमा अमेरिका तथा बेलायतका मालबाहक जहाजमा हुथी समूहले गरेको आक्रमणविरुद्ध यी दुई देशले यमनमै हुथी लक्षित आक्रमण गरेका हुन् । पेन्टागनबाट जारी भएको संयुक्त विज्ञप्तिमा अत्यावश्यक आक्रमणको नयाँ चरण सुरु गरिएको उल्लेख छ ।

आफूहरुको उद्देश्य लाल सागरमा तनाव कम गर्नु र मानिसको जीवन रक्षा गर्नु रहेको तर हुथी समूहले लगातार धम्की दिने तथा आक्रमण गर्ने गरेपछि जवाफी कारबाही गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिका र बेलायतले यसअघि सात पटक हुथी समूहको निशानामा आक्रमण गरिसकेका छन् ।

११ जनवरीमा सुरु भएको हुथीविरुद्धको कारबाहीमा अस्ट्रेलिया, बहराइन, क्यानडा तथा नेदरल्याण्ड्सको समर्थन रहेको पेन्टागनको दाबी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!