भिजिट भिसामा विदेश जानेका लागि आजदेखि नयाँ नियम लागू

SHARE:

काठमाडौं २४ जनवरी २०२४ ।

भिजिट भिसामा विदेश जानेका लागि आजदेखि नयाँ नियम लागू भएको छ ।

सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातबारे नयाँ नियम लागू गरेको हो । भिजिट भिसाका नाममा सेटिङ र ठगी बढेको ठहर गर्दै गृह मन्त्रालयले आजदेखि लागू हुनेगरी १३ बुँदे नयाँ कार्यविधि जारी गरेको हो । नयाँ नियम अनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ ।

सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ । यस्तै दुईतर्फी हवाइ टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने छ ।

भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट र क्रेडिट कार्ड पनि हुनुपर्नेछ । यस्तै संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्नेछ ।

स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने नयाँ व्यवस्थामा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!