एजेन्सी २४ जनवरी २०२४ ।

आफ्ना २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा जवाफी आक्रमण गरेको छ ।
आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टिनी मारिएको अलजजिराले जनाएको छ । इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका लागि सबैभन्दा घातक दिन घोषणा गरेको छ ।
सेनाले उनीहरू २२ देखि ३७ वर्ष उमेरका भएको बताएको छ । अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २५ हजार ४९० जनाको मृत्यु भएको छ भने ६३ हजार घाइते भएका छन् ।






