काठमाडौं २९ जनवरी २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा नारायणहिटी दरबारमा भएको हत्याकाण्डको छानबिन हुने बताएका छन् ।
सोमवार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गरिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अभिव्यक्तिको अधिकार दिए पनि व्यवस्थाविरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको चेतावनी पनि दिए ।






