एनसेल खरिद–बिक्री छानबिन समितिले बुझायो प्रतिवेदन

SHARE:

काठमाडौं २९ जनवरी २०२४ ।

एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको ५ सदस्यीय उच्चस्तरीय समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन संयोजक टंकमणि शर्माले प्रतिवेदन बुझाएको र त्यस विषयमा सार्वजनिक रूपमा जानकारी गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

मंसिर तेस्रो साता गठित समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले थिए ।

टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको सेयर विदेशमा नै बिक्री भएको र नेपालका सरकारी निकायलाई जानकारी नदिएको भन्ने सार्वजनिक भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!