एजेन्सी १ फेब्रुअरी २०२४ ।

युक्रेनका लागि ५० अर्ब यूरो बराबरको राहत सामाग्री उपलब्ध गराउन २७ युरोपेली नेताहरुबीच सहमति भएको छ ।
पछिल्लो समय सो सहमतीलाई हंगेरीले अस्वीकार गरे पनि युरोपेली नेताहरुले भने त्यसमा सहमती जनाएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यूरोपेली राष्ट्रहरुको सहयोगलाई स्वागत गरेका छन् ।
सो सहयोगले राष्ट्रको आर्थिक र वित्तीय स्थिरता सृजना गर्न मद्दत पुग्ने उनले बताए । सहयोगको पहिलो किस्ता मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरेको युक्रेनको अर्थमन्त्रालयाले जनाएको छ । सो सहयोगलाई युक्रेनले आगामी ४ वर्षको लागि तलब, पेन्सन तथा अन्य खर्च मा प्रयोग गर्नेछ ।
कंग्रेसले अमेरिकी सेनाको सहयोग रोकेसँगै यूरोपेली राष्ट्रबाट सहयोग आएको हो । तथापि, गत डिसेम्बरमा यूरोपियन समिटमा झैँ हंगेरीका प्रधानमन्त्रीले फेरि पनि राहत सामाग्रीमा रोक लगाउने सम्भावना पनि रहेको छ ।






