बेलायती र अमेरिकी सेनाद्वारा यमनमा हुथी विद्रोही लक्षित हमला

SHARE:

लन्डन ४ फेब्रुअरी २०२४ । अमेरिकी र बेलायती सेनाले शनिबार यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा संयुक्त हमला शुरु गरेको छ । पेन्टागनले यस कदमले अन्तरराष्ट्रिय जहाजमा आक्रमण गर्ने हुथी लडाकू समूहको क्षमतालाई कमजोर पार्ने उद्देश्य राखेको जनाएको छ।

अष्ट्रेलिया, बहराइन, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स र न्युजिल्याण्डको सहयोगमा सञ्चालित स्ट्राइकहरूले हुथीहरूको हतियार भण्डारण, मिसाइल प्रणाली र लन्चरहरू, वायु रक्षा प्रणाली र रडारहरू, अमेरिकी रक्षासँग सम्बन्धित १३ स्थानहरूलाई लक्षित गरेका थिए। अमिरिकी अधिकारी लोयड अस्टिनले सो कारबाहीले “कारबाहीले हुथीहरूलाई स्पष्ट सन्देश दिएको बताएका छन् ।

आक्रमणका क्रममा अमेरिकी सेनाले युएसएस ड्वाइट डी. आइसेनहोवर विमानवाहक जहाजमा लडाकु विमानहरू तैनाथ गर्दै लाल सागरमा तैनाथ अमेरिकी युद्धपोतहरूबाट टोमाहक क्रूज मिसाइलहरू प्रहार गरेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

हालैका दिनहरूमा गरिएको यो तेस्रो आक्रमण थियो । अमेरिका र बेलायती गठबन्धनले हुथी लक्ष्यहरू विरुद्ध हमला शुरू गरेका छन् । यता इराक र सिरियामा शुक्रबार अमेरिकी प्रतिशोधात्मक हवाई हमलालाई क्षेत्रीय मिलिशिया समूहहरूले गरेको ड्रोन आक्रमणको जवाफमा तीन जना अमेरिकी सेना मारिएका थिए भने ४० भन्दा बढी घाइते भएका छन् ।

शुक्रबार पनि अमेरिकी सेनाले अडेनको खाडी र लाल सागरमाथुप्रै हुथी ड्रोनहरू खसालेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!