भरतपुर महानगरकी मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ग्रहण गर्न बेलायत आउँदै

SHARE:

काठमाडौं ५ फेब्रुअरी २०२४ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मार्च पहिलो साता लन्डन आउने भएकी छन् ।

बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स्’ मा आयोजना हुने ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड’ समारोहमा ‘इन्टरनेसनल मेयर अवार्ड’ ग्रहण गर्न उनी बेलायत आउने भएको उनको सचिवालयले जनाएको छ ।

राजनीतिक र सार्वजनिक जीवनमा महत्वपूर्ण योगदान गर्नेहरुलाई प्रदान हुने यो अवार्डअन्तर्गतको मेयर अवार्ड भरतपुरमा दाहालले गरेको कामको कदरस्वरूप दिन लागिएको बताइएको छ।

एक साता लामो बेलायत भ्रमणका क्रममा मेयर दाहालले यहाँका केही स्थानीय निकायहरुको अवलोकन भ्रमणका साथै राजनीतिक व्यक्तित्वहरुसँग भेटघाट र नेपाली समुदायसँग अन्तरक्रिया पनि गर्दैछन् । उनको सचिवालयका अनुसार मार्च ४ तारिख बेलुका लन्डन आइपुग्ने उनी मार्च १२ मा नेपाल फर्किनेछन् ।

मार्च ७ मा हाउस अफ कमन्समा अवार्ड समारोहमा सहभागी हुने मेयर दाहालले त्यसअघि मार्च ६ मा लन्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’ अभियानमा केन्द्रित कार्यक्रममा भाग लिनेछन् ।

मार्च ८ तारिख बेलायतस्थित माओवादी कार्यकर्ता एवम् नेपाली समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेट्ने उनको कार्यक्रम छ। त्यस्तै, मेयर दाहालले मार्च ९ मा लेष्टर सिटी काउन्सिल र मार्च १० मा लन्डनको रोयल ग्रीनवीच बरोको अवलोकन भ्रमण गर्नेछन् ।

मार्च ११ मा नेपाली तथा बेलायती व्यवसायी एवम् लगानीकर्तासँग अन्तरक्रिया हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!