बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि

SHARE:

लन्डन ६ फेब्रुअरी २०२४ । ७५ वर्षीय बेलायती राजा चार्ल्सलाई क्यान्सर (अर्बुद रोग) लागेको पुष्टि भएको छ ।

केही सातादेखि अस्वस्थ राजाको उपचारको क्रममा क्यान्सर पत्ता लागेको जानकारी बकिङहम दरबारले सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको हो । उनको उपचार पनि सुरु भएको जनाइएको छ ।

राजा चार्ल्सलाई कस्तो क्यान्सर भएको भन्ने खुलेको छैन । तर, उनलाई प्रोस्टेट क्यान्सर भने नभएको दरबारले स्पष्ट पारेको छ । प्रोस्टेटसम्बन्धी समस्याका लागि हालै उनी अस्पताल भर्ना भएका थिए । राजा चार्ल्सले उपचार गरिरहँदा सार्वजनिक समारोहमा आफ्नो संलग्नता स्थगित गर्ने तर राज्यको कामलाई सामान्य रूपमा जारी राख्ने पनि बकिङहम प्यालेसले जारी विज्ञप्तिमा उल्लेख छ ।

राजा चार्ल्सले परिवारलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बीबीसीले जनाएको छ । बेलायती प्रधानमन्त्री ॠषि सुनक, विपक्षी लेबर पार्टीका नेता केर स्टार्मरलगायतले राजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । अन्य बेलायती राजनीतिज्ञ र सेलिब्रेटीहरुले पनि उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजाको खबर सुनेर आफू ‘चिन्तित’ भएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!