अमेरिका र बेलायती लडाकु विमानद्वारा यमनमा हवाई हमला

SHARE:

लण्डन ६ फेब्रुअरी २०२४ ।

संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले यमनी बन्दरगाह शहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अलमासिराह टिभीले जनाएको छ ।

होडेडाह शहरको रणनीतिक रेड सी बन्दरगाहलाई निशाना बनाई अल-काथीब क्षेत्रमा दुईवटा हवाई बमबारी भएको बताएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार आक्रमणमा सर्वसाधारणको निधन भएको बताइएको छ भने केही घाइतेहरूलाई तत्काल चिकित्सा उपचारको लागि नजिकैका अस्पतालहरूमा लगिएको छ ।

विगतका घण्टाहरूमा, हुथीको मिडिया आउटलेटहरूले सैन्य स्रोतलाई उद्धृत गर्दै पुष्टि गरे अनुसार अमेरिकी-ब्रिटिश आक्रमणकारी विमानले आइतबार राति होडेडाहका गभर्नरेटहरूमा १५ वटा आक्रमणहरू गरेको बताइएको छ। पछिल्लो हवाई आक्रमणहरू जनवरी १२ देखि वाशिंगटन र लन्डनद्वारा जारी सैन्य प्रतिक्रियाको एक हिस्सा हो । साना र अन्य उत्तरी प्रान्तहरूको हुथी-नियन्त्रित क्षेत्रहरूलाई लक्षित गर्दै आक्रमण जारी राखिएको छ ।

अन्तरराष्ट्रिय कारबाहीहरू लाल सागरमा व्यापारिक ढुवानीमा हुथी आक्रमणको बदलाको रूपमा गरिएको बताइएको छ । गत नोभेम्बरदेखि लाल सागर, बाब अल(मन्डब स्ट्रेट र अडेनको खाडीमा सैन्य कारबाहीमा संलग्न हुथीहरूले इजरायली जहाजहरू र इजरायल जाने जहाजहरूलाई निशाना बनाएको दाबी गरिएको छ ।

गाजामा अक्टोबरदेखि चलिरहेको युद्धको पृष्ठभूमिमा यी कार्यहरू विकास भएको देखा परेका छन् । साथै स्थिति तनावपूर्ण बन्दै गएको छ तर दुवै पक्षले तनाव कम गर्ने कुनै सङ्केत देखाएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!