फेब्रुअरी २१ मा भूतपूर्व गोर्खाका मुद्दामा फेरि त्रिपक्षीय वार्ता हुने

SHARE:

लन्डन ७ फेब्रुअरी २०२४ । भूतपूर्व गोर्खाका मुद्दामा यही फेब्रुअरी २१ तारिखमा फेरि त्रिपक्षीय वार्ता हुने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

फेब्रुअरी २१ बुधबार र मार्च २७ तारिखमा दुई चरणका वार्ता हुने तय भइसकेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिइन् । उनका अनुसार अब हुने पहिलो वार्ता वर्किङ कमिटी स्तरको हुनेछ । जसमा बेलायतबाट विदेश मन्त्रालयका अधिकारी र नेपालको तर्फबाट दूतावासका अधिकारी सहभागी हुनेछन् ।

मार्च २७ को वार्ता भने मन्त्रीस्तरमा हुने भएको छ । उक्त वार्तामा बेलायती पक्षबाट मन्त्रीको सहभागिता पक्का भइसकेको छ । निर्णायक तहको वार्ता मन्त्रीस्तरमै हुनुपर्ने भन्दै गोर्खाहरुले नेपाल सरकारबाट पनि मन्त्री नै सहभागी हुनुपर्ने माग गरेका छन् । वार्ताको तयारीबीच भूतपूर्व गोर्खाहरुले भने अब आन्दोलनको रणनीति समेत बुन्न शुरु गरेका छन्।

संयुक्त गोर्खा सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले मार्च २७ मा पनि वार्ता सफल नभए आफूहरु कठोर र निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । विगतमा आशा देखाउने र झुक्याउने कार्य भएको भन्दै उनले वार्ताकै नाममा अझै पनि भुलाउन खोजे मान्य नहुने स्पष्ट पारे।

दूतावासकी उपनियोग प्रमुख खनाल भने वार्ता जारी रहेकाले सफल निष्कर्षको आशा राख्न सकिने बताउँछिन् । गोर्खाहरुको मागमा बेलायत, नेपाल र पूर्व गोर्खासमेतको सहभागितामा यसअघि थुप्रै चरणमा त्रिपक्षीय वार्ता गरिसकिएको छ। तर समान पेन्सनसहितका प्रमुख माग पूरा गर्न बेलायत तयार नभइसकेका कारण वार्ताको निष्कर्ष अहिलेसम्म पनि अनिश्चित छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!