४७ साल देखि जन्मेका पार्टीहरुको अस्तित्व भेटाउनै गाह्रो: अध्यक्ष सूर्यबंशी

SHARE:

संजय सिङजाली मगर

बुटवल, २२ माघ २०८० – राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समिति को १९औ बार्षिक नगर भेला अमर भवन स्थित सम्पन्न भएको छ ।

सो नगर भेलामा बोल्दै राजमुपाका कार्यकारी अध्यक्ष केशव सुर्यबंशी ले ४७ साल देखि जन्मेका नयाँ पार्टीहरु ले धेरै भोट सिट पाएको तर नेपाली राजनैतिक मा उनिहरुको अस्तित्व हेर्दा भेटाउनै गाह्रो पर्ने बताउनु भयो । यदि हिजो जित्न पार्टी आज ठूलो हुने भए झन ठुलो हुनु पर्ने होईन र ? ४८, ५१, ५६, ६४, ६९ र ७४ साल गईसक्यो हामीले ब्यक्ति बिश्लेषण होईन तर्क बिश्लेषण गर्ने हो भने, हाम्रो हैसियत हाम्रो अवस्था के हो भन्ने ज्ञान हुन्छ । तर हामी सँग त्यो चिज नहुँदा खेरी बोध महशुस भएको छ । ५६ सालमा ९ वटा ठाउँ मा तेस्रो पोजिसनमा आएको थियो । हाम्रो ९७ हजार भोट आएको थियो, भने १३० जना उम्मेद्धवार सहभागी थिए । यस बिषयमा केही साथीहरु शंका नजरले पनि हेरे, २०५२ मा पार्टी फुट्यो ५६ मा कसरी यति धेरै भोट आयो भन्न पनि भ्याए । अनि मैले निर्वाचन आयोगले जारी गरेको दस्ताबेज बुझाईदिए । यसरी आफ्नो गल्ती स्वकार्य नगर्ने तर अरु को कुरा काट्न नछोड्ने यो सरासर गलत प्रबृति हो । २५० बर्ष अघिको कुरा हो, हामी कस्तो हुनुपर्छ, हाम्रो प्रवृति कस्तो हुनुपर्ने हो भन्ने एउटा आत्मा समालोचना गर्ने बेला हो । हामी सही भयौ भने हाम्रो नेतृत्व पनि सही मार्गमा जान सक्छौ, त्यसका लागि हामी हिम्मत राखेर अघि बढ्नु पर्ने हुन्छ ।

भनिन्छ नी कुनैपनि काम गर्दा देउताको रुपमा चोखो भएर काम गर्न सकियो भने काम सबै फत्ते सफल हुन्छ । खासमा हिरो लाई एक हप्ताका लागि फिल्मीमा रोल खेल्ने अवसर आयो । देउताको भूमिकामा रोल खेल्नु पर्ने थियो । हिरो ले सुटिङ्ग अगवाई मासु रक्सी चुरोट जाँड खान छाड्यो र राखेको प्रतिबद्धता एक हप्तालाई थियो तर उसले प्रतिबद्धता अनरुप सबै छाड्यो । यसरी नेतृत्व तहले पनि देउता स्वरुपमा उत्रिनु पर्छ, अब देखि मासु रक्सी चुरोट जाँड बाट टाढा रहन आग्रह गर्नु भयो । नयाँ यात्राको संकल्पा बोक्दै लक्ष्य प्राप्तीका लागि यस किसिमको बानी बिकास गर्न सक्यो भने मुक्तिको यात्रा एकदिन पक्का सफल हुने भनाई साझा गर्नु भएको थयो ।

यस कार्यक्रम पार्टीका कार्यकारी अध्यक्ष श्रद्धय केशब बहादुर थापा ( केशव सुर्यबंशी ) को प्रमुख आतिथ्यता, श्री भेक बहादुर सारु मगरको अध्यक्षता र सचीव खिमा राना मगरको सञ्चालनमा कार्यक्रम समापन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!