सिन्धुली । आगलागीबाट घर जलेर नष्ट भएका आइतबहादुर बललाई जस्तापाता र नगद सहयोग उपलव्ध गराइएको छ ।
वरिष्ठ पत्रकार डण्ड गुरुङको पहलमा अग्निपीडित बललाई छाना छाउने जस्तापाता, धुरी लगाउने पाता र किलाकाँटी उपलव्ध गराइएको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ आरुबोटेका बलको घर गत दशैको अष्टमीका दिन जलेर नष्ट भएको थियो ।
आर्थिक स्थिति अत्यन्त कमजोर रहेका बलको घरको गारो लगाउन स्थानीय बासिन्दाले सहयोग गरेको स्थानीय ओमबहादुर थापाले जानकारी दिए । उनको घर निर्माणका लागि जस्तापाताका लागि बिजीडब्ुलुएस युकेका प्रवक्ता प्रकाश गुरुङले १५ हजार रुपैयाँ र पञ्चासे हर्पनडाँडा समाज युकेबाट १५ हजार रुपैयाँ उपलव्ध गराइएको थियो ।
त्यसमा थप ५ हजार पत्रकार गुरुङले नगदै सहयोग गरेका थिए ।








