शान्ति मिसनमा सबैभन्दा बढी सुरक्षाकर्मी पठाउने मुलुक बन्यो नेपाल

SHARE:

काठमाडौं ७ फेब्रुअरी २०२४ ।

नेपाल संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा सबैभन्दा बढी सुरक्षाकर्मी खटाउने देश बनेको छ ।

राष्ट्र संघले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालले बंगलादेशलाई पनि पछि पारेको हो । यसअघि बंगलादेश सबैभन्दा बढी शान्ति मिसनमा सुरक्षाकर्मी खटाउने देश थियो। नेपाल दोस्रो स्थानमा थियो । तर २०२३ नोभेम्बर ३० को तथ्यांक अनुसार हाल नेपालबाट ६ हजार २ सय ४७ जना सुरक्षाकर्मी शान्ति मिसनमा खटिएका छन् ।

बंगलादेशबाट ६ हजार १ सय ९७ र भारतबाट ६ हजार ७३ जना सुरक्षाकर्मी मिसनमा छन् । रुवान्डाबाट ५ हजार ९ सय १९ र पाकिस्तानबाट ४ हजार १ सय ६४ जना शान्ति मिसनमा खटिएका छन् । नेपालबाट विशेषज्ञका रुपमा ४२ जना, युनिटबाट १८० जना, प्रहरी एड्भाइजरका रुपमा व्यक्तिगत नियुक्तीमा ५६, स्टाफ अधिकृतहरु १०४ जना र अन्य फौज ५ हजार ८६५ जना खटिएका छन् ।

नेपालबाट कंगोमा १ हजार १ सय ४५ जना, साउन सुडानमा १ हजार ७ सय ४२ जना, अवेइ सुडानमा १ सय ४ जना खटिएका छन् । यस्तै वेस्ट्रन सहारामा ५ जना, इजरायलमा ३ जना, लेवनानमा ८ सय ७३ जना शान्ति सैनिक खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

बन्द गर्ने घोष्णा भइसकेको माली मिशनमा १६ जना, सिरियामा ४ सय १६ जना खटिएका छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिकामा १ हजार २ सय ४१ जना, इराकमा ८८ जना, लिवियामा २ सय ३५ जना र यमनमा २ जना नेपाली सैनिक कार्यरत रहेको प्रवक्ता भण्डारीले बताए ।

यूएन मुख्यालयमा पनि ६ जना नेपाली सैनिकहरु कार्यरत छन् । यस्तै विभिन्न मिसनमा नेपाल प्रहरीका ४४ जना र सशस्त्र प्रहरीका २ सय २ जना सुरक्षाकर्मी कार्यरत रहेका छन् । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो। त्यसपछि संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९५८ मा पहिलो पटक पाँचजना सैन्य पर्यवक्षक लेवनानमा तैनाथ भएका थिए। यससँगै नेपाली सेनाको शान्ति मिसन सुरु भएको थियो।

यो अवधिमा करिव एक लाख ५० हजार नेपाली सेना शान्ति मिसनमा सहभागी भइसकेका छन्। नेपाली सेनाका रथी निर्मल थापा हाल शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत छन्। यो सबैभन्दा उच्च तह हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!