प्रधानमन्त्री प्रचण्डले भने: छिटै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्

SHARE:

काठमाडौं १० फेब्रुअरी २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले छिटै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसमा तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा गरेका छन् ।

सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरेअनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले वर्ष सहयोग गर्ने आश्वासन दिए । गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्रीले भने, ‘पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकी उपलब्धि हामी प्राप्त गरी छोड्ने छौं । गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी वागमती प्रदेशबाट मन्त्री बन्नुहुन्छ भनेको थिएँ । मन्त्री बन्नु त भयो । प्रदेशमा बन्नुभयो । त्यतिवेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो । मन्त्रिमण्डल पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईहरूलाई दिलाउन चाहन्छु । लाखौँ जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु ।’

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको पनि दोहोर्‍याए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!