दक्षिण सुडानमा मानवीय काफिलेमा भएको आक्रमणको संयुक्त राष्ट्र संघद्वारा निन्दा

SHARE:

एजेन्सी ११ फेब्रुअरी २०२४ ।

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ नियोगले जोङ्लेई राज्यको बोर दक्षिणी काउन्टीको एनीडी पायममा शान्ति सैनिकहरूद्वारा सुरक्षित गरिएको मानवीय राहत क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा युएनएमआईएसएसका प्रमुख निकोलस हेसोमले बोर टाउनबाट ६० किलोमिटर टाढा रहेको म्याकडिटबाट त्यस क्षेत्रतर्फ गएको बेला उक्त घटना भएको बताए ।

उनले हतियारधारीहरूको एउटा समूह झाडीबाट एक्कासि निस्केको र संयुक्त राष्ट्रसंघको गाडीमा गोली हानेको थियो । यद्यपि त्यहाँ कुनै मानवीय क्षति हुन नपाएको जनाएको छ । साथै शान्ति सैनिकहरूले जवाफी कारबाही फर्काएको र आक्रमणकारीहरूलाई भगाएका थिए ।

संयुक्त राष्ट्रसंघका अधिकारीले जोङलेई राज्यको सरकारलाई सहयोग प्रदान गर्न स्थानीय सेनाको संयुक्त सुरक्षा टोलीलाई तुरुन्तै त्यस क्षेत्रमा तैनाथ गरेकोमा प्रशंसा गर्दै दोषीहरूमाथि अनुसन्धान अगाडि बढाउन र जवाफदेही बन्न आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!