समान पेन्सन मुद्दाबारे गेसोले गरायो विदेश राज्यमन्त्रीको ध्यानाकर्षण

SHARE:

लण्डन ११ फेब्रुअरी २०२४ ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खाहरुको समान पेन्सन मुद्दाबारे ध्यानाकर्षण गराएको छ ।

आइतबार एक विज्ञप्तिमार्फत गेसो सभापति कृष्णकुमार राईले विदेश राज्यमन्त्रीको आसन्न नेपाल भ्रमण गोर्खाहरुका समान पेन्सनलगायत समस्याहरु तत्काल समाधान गर्ने, अब हुने वार्ता प्रधानमन्त्री प्रचण्डको सकारात्मक सोच र निर्देशनबमोजिम परराष्ट्र सचिवस्तरीय तयारीमा दुबै देशका परराष्ट्र मन्त्रीस्तरमा हुनुपर्ने विषयमा समेत केन्द्रित होस् भन्दै विशेष अनुरोध गरेका छन् ।

बेलायती विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले यसै हप्ता नेपाल भ्रमण गर्ने तयारी भइरहेका बेला अब हुने वार्तामा सम्पूर्ण गोर्खा समुदायका संघसंस्था तथा अभियन्ताहरुको समान प्रतिनिधित्व हुनुपर्ने र वार्ताका विषयवस्तु र शैली अग्रिमरुपमै टुङ्गो लगाउनसमेत उसले अनुरोध गरेको छ । ‘अन्यथा अब हुने वार्ताको पनि कुनै अर्थ रहने छैन् र हामी गोर्खाहरु थप वार्तामा अल्मिनसमेत जरुरी छैन’, विज्ञप्तिमा छ ।

साथै बेलायती सेनाध्यक्षको भ्रमणताका गोर्खाहरुका समस्याबारे नेपाल सरकारका रक्षा तथा परराष्ट्र मन्त्रीहरुले समान पेन्सनलगायतका समस्या सधैंका लागि सम्बोधन हुनुपर्ने र यसबाट नेपालको आर्थिक विकासमा समेत मद्दत पुग्ने भनी व्यक्त गरेका विचारहरु अझ सशक्तरुपमा विदेश राज्यमन्त्रीसमक्ष प्रकट गर्नसमेत गेसोले अनुरोध गरेको छ ।

बेलायतका सेनाध्यक्ष सर प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरेर फर्केको एक हप्तामै हुन लागेको उक्त भ्रमणलाई गेसोले महत्वका साथ हेर्न जरुरी रहेको भन्दै पछिल्ला भ्रमणहरु हाल बेलायत सरकारसँग गोर्खा सैनिकका समान पेन्सनलगायत समस्याहरु समाधानका लागि भइरहेका वार्ता निस्तेज गर्न भइरहेको हो कि भन्ने आशंका पनि गरेको छ ।

स्मरण रहोस्, यस आगामी वार्ता आगामी फेब्रुअरी २१ र मार्च २७ मा हुने तय भएको छ । विज्ञप्तिमा गेसोले केही समय अघिमात्र अबको वार्ता परराष्ट्र सचिवस्तरीय र मन्त्रीस्तरीय वार्ताबाट आगामी छ महिनाभित्र सार्थकतापूर्वक सम्पन्न भइसक्नु पर्ने अन्यथा गेसोले कडा आन्दोलन घोषणा गर्ने जानकारीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष एक ज्ञापनपत्र पेश गरेको पनि स्मरण गरेको छ ।

उक्त वार्तामा गोर्खा समुदायका सबै संघसंस्था र आमरण अनसनकारी अभियन्ताहरुसमेतको सहभागितामा हुनुपर्ने भनि परराष्ट्र मन्त्रालयलाई आवश्यक निर्देशनका लागि अनुरोध गरेको पनि जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!