काठमाडौं १३ फेब्रुअरी २०२४ ।

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा मङ्गलवार जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ । २० जना चढेको लु १ ज २३७१ नम्बरको जीप सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।






