
१३ फेब्रुरी २०२४ बेलायत । मगर संघ युके यूनाइटेड हाम्सायर, सरे, वाक्सायर (यूएचएसबी) शाखा लेडिस कमिटीले चर्चित लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरलाई नेपाली रुपिया १ लाख ११ हजार आर्थिक सहयोग गरेका छन।
उक्त रकम हस्तान्तरण लेडिस कमिटीका सहसचिब शेस पल्लीमगरले नेपाल भ्रमण रहेको समयमा गरेका हुन्।
चर्चित लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरको दुवै किड्नीले काम गर्न छोडेपछि तत्कालै आर्थिक सहयोगको जरुरि परेको हुदा, लेडिस कमिटीले आर्थिक सहयोग गर्न परेको मगर संघ युके, यूएचएसबी शाखाका उपाध्यक्ष तथा लेडिस कमिटिका अध्यक्ष धन कुमारी (धना) रोकाले अबगत गराएका छन ।
मगर संघ युके, यूएचएसबी शाखाका लेडिस कमिटिले स्थापना कालदेखि बिभिन्न संघ-संस्था तथा व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।
बिगतमा लेडिस कमिटिले दिलशोभा श्रेष्ठ आमा घर, भुकम्प पिडित जाजरकोट, ब्रेस क्यासर फ्रीमली पार्क अस्पातल, होस्पीस फार्नहाम अस्पातल, जुनु पुन सिर्जनसिल समाज, इन्दिरा राना मगर बन्दिगृह र गिभिना मगरलाई आर्थिक सहयोग गर्दै आएको छ।






