नेपाली समाज बर्न्टओकले युवालाई समाजका गतिविधिहरुमा अगाडि बढाउने

SHARE:

लण्डन १४ फेब्रुअरी २०२४ ।

लण्डनस्थित बर्न्टओक नेपाली समाजले समाजका युवा सदस्यहरुलाई समाजका गतिविधिहरुमा अगाडि बढाउने निर्णय गरेको छ ।

एजवेयरस्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले संस्थाको तर्फबाट एक टीम गोर्खा कपमा भाग लिन पठाउने निर्णय गरेको छ ।

उक्त बैठकमा बोल्दै समाजका पूर्व अध्यक्ष तथा लन्डन बरो अफ बर्नेटका पूर्व उपमेयर काउन्सिलर लक्ष्य गुरुङले संस्थामा नयाँ पुस्तालाई संलग्न गराउन र उनीहरुलाई क्रमश नेतृत्व हस्तान्तरण गर्दै जान आवश्यक रहेको बताए । बैठकले समाजका पूर्व अध्यक्ष मोहन गुरुङलाई संस्थाको प्रमुख सल्लाहकारमा मनोनयन गरेको छ । बैठकमा अध्यक्षले समाजका प्रमुख सल्लाहकार लगायत सबै सल्लाहकारहरुलाई खादा लगाएर सम्मान गरेका थिए ।

बैठकले संस्थालाई मुनाफा नकमाउने संस्थाको रुपमा कम्पनी हाउसमा दर्ता गर्ने निर्णय गर्नुका साथै त्यसका लागि संस्थाका सदस्यहरु वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्की तथा मनिराज थापालाई जिम्मा दिने निर्णय गरयो। बैठकले समाज स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउने निर्णय गर्नुका साथै आउँदो गर्मी याममा ‘समर आउटिंग’ आयोजना गर्ने निर्णय पनि गरेको छ । मिति तथा स्थानबारे पछि निर्णय गरिने जनाइएको छ ।

बैठकमा समाजमा टाढा टाढा बसेका नेपालीरभूतपूर्व गोर्खाहरु पनि आबद्ध भएकाले सबैलाई समेट्ने गरी संस्थाको नाम परिवर्तन गर्ने कि भन्नेबारे पनि छलफल भएको थियो तर कुनै निर्णय भने गरिएन । संस्थामा आबद्ध पेशेवर सदस्यहरुको सहमति लिएर उनीहरुको नाम र सम्पर्क नम्बर समाजको भाइबर ग्रुपमा राख्ने पनि निर्णय गरिएको छ ।

समाजका सल्लाहकार तथा कार्यसमिति सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको उक्त बैठक संचालन महासचिव हेलिशा गुरुङले गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!