सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा

SHARE:

पोखरा १६ फेब्रुअरी २०२४ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

१८औँ संस्करणको यस म्याराथनमा ५० विदेशीसहित १०८ धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, भारत, जापान, हङकङ, फ्रान्स, केन्या, पोल्यान्ड, जर्मनी, साउदी अरेबिया, ताइवान, युके र अमेरिकाका धावकले प्रतिस्पर्धा गर्नेछन् ।

विभिन्न आठ विधामा ४२.१९५ किमी खुला म्याराथन, २१.०९७ किमी हाफ म्याराथन महिला, महिला पुरुष १० किमी दौड, विद्यालयस्तरिय छात्र-छात्रा पाँच किमी दौड र ५० वर्षमाथिको पाँच किमी भेट्रान महिला-पुरुष दौडमा प्रतिस्पर्धा हुने बताइएको छ ।

म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार पाउनेछन् । महिला हाफतर्फका विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ७५ हजार रुपैयाँ पाउने छन् ।

यसैगरी, १० किमी महिला तथा पुरुष विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । ५ किमी छात्रछात्रा दौडको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला र पुरुष विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

धावकको सुरक्षालाई मध्यनजर गर्दै यसपल्ट रुट परिवर्तन गरिएको अध्यक्ष पराजुलीले बताए। पोखरा रंगशालाबाट सुरु हुने दौड अमरसिंहचोक, मियापाटन, फुलबारी, बगर, सिमपानी, जिरो किलोमिटर, लेकसाइड, हल्लनचोक, पामे हुँदै घाटीछिना पुगेर पुनः फेवा किनार हल्लनचोकको क्यापिङ चौरमा फर्किएर समापन हुनेछ ।

प्रतियोगितालाई थप व्यवस्थित बनाउन चिप्सको प्रयोग गरिने भएको छ। जसले धावकको समय निर्धारण गर्नेछ। बिहीबार पोखरा म्याराथनसम्बन्धी गीत पनि सार्वजनिक गरिएको छ। गीतमा आरजु विष्ट सल्यानीको शब्द तथा विनोद बानियाँ र रजनी राईको स्वर छ ।

सबैको साथ र सहयोगले पोखरा म्याराथनले अन्तर्राष्ट्रिय पहिचान पाएको भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज गुरुङको भनाइ छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!