फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

SHARE:

एजेन्सी १७ फेब्रुअरी २०२४ ।

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।

क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको जनाकारी अनुसार बेपत्ता अन्य ९ जनाको खोजी कार्य जारी छ । फेब्रुअरी ६ को साँझ वर्षात्का कारण गएको पहिरोको चट्टान, माटो र भग्नावशेषले माको शहर नजिकैको खानी फर्ममा कामदारहरू लैजानका लागि प्रयोग गरिएका दुईवटा बसहरू पुर्दा सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा ३२ जना घाइते भएका छन् । विश्व जोखिम सूचकाङ्क २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्राकृतिक प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!