पपुआ न्युगिनीमा भएको जातीय हिंसामा परी ५३ जनाको मृत्यु

SHARE:

एजेन्सी १९ फेब्रुअरी २०२४ ।

पपुआ न्युगिनीको सुदूर हाइल्याण्ड्स क्षेत्रमा भएको जातीय हिंसामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ।

एंगा प्रान्तमा एक आदिवासी समूहले अर्को आदिवासी समूह लक्षित एम्बुस थापेर गरेको गोलाबारीमा अरु कयौँ व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । घटनामा मृतकको संख्या बढ्ने अनुमान छ । राजधानी शहर पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर टाढा रहेको हाइल्याण्ड्स क्षेत्र लामो समयदेखि जातीय द्वन्द्वको चपेटामा छ ।

भूमि तथा अन्य स्रोत साधनका विषयमा आदिवासी समुदायबीच जारी द्वन्द्वमा हिंसा बढेपछि सरकारले पर्यटकलाई त्यस क्षेत्रको भ्रमण गर्न रोक लगाएको थियो । गत महिना भएको घातक लडाइँमा १५ जनाको मृत्यु भएपछि प्रान्तीय सरकारले संकटकाल घोषणा गरी कर्फ्यू जारी गरेको थियो। अष्ट्रेलिया र इण्डोनेसियासँग आंशिक सीमा जोडिएको पपुआ न्युगिनीको क्षेत्रमा सन् २०१९ मा भएको द्वन्द्वमा बालबालिका तथा महिलासहित एकैपटक २४ जनाको मृत्यु भएको थियो ।

८०० भन्दा बढी फरक आदिवासी समुदाय रहेको पपुआ न्युगिनीमा पछिल्लो ५० वर्षमा जनसंख्या दोब्बरले बढ्दा द्वन्द्व पनि बढ्दो गतिमा रहेको बीबीसीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!