गाजामा आक्रमण गर्ने इजरायलको चेतावनीप्रति राष्ट्रसंघको आपत्ति

SHARE:

एजेन्सी २० फेब्रुअरी २०२४ ।

इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघले कडा आपत्ति जनाएको छ ।

गाजाका लागि संयुक्त राष्ट्रसंघीय वरिष्ठ मानवीय राहत संयोजक सिगरिड कागले राफामा आत्रमण गरे यो निकै विनाशकारी घटना हुने बताएका छन् । उनले राफामा १० लाख शरणार्थी मात्रै रहेको र स्थानीय सहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई सचेत गराए ।

राष्ट्रसंघीय एजेन्सीका अनुसार इजरायलले अस्पतालमा सैन्य अभियान चलाइरहेको छ । खान युनिसस्थित नासिर अस्पताल इजरायलले सैन्य अभियान चलाएकोप्रति राष्ट्रसंघले आपत्ति जनाएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायल आक्रमण गरेयता इजरायलले जारी राखेको गाजा आक्रमणमा २८ हजार बढीको मृत्यु भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!