सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २३ फेब्रुअरी २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताएका छन् ।

तेइसौँ मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरे मात्र समाजवादको आधार तयार हुने बताए । समाजवादी क्रान्तिको नेतृत्व मजदुर–किसानकै हुने भएकाले अबको आन्दोलनमा उनले भूमिका बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले मजुरलाई अझ राम्रोसँग सङ्गठित हुने र विचारमा अझ बढी स्पष्टता हासिल गर्न सुझाव दिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिक्रियावादीले धावा बोल्न खोजेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए । शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले सबै सहिद तथा बेपत्ता परिवारले राज्यका तर्फबाट पाउनुपर्ने परिपूरण एवं सम्मान पाउन नसकेको जनाउँदै प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संसद्ले पारित गरेपछि बलिदानप्रति गर्व हुने विश्वास व्यक्त गरे ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!