एजेन्सी २३ फेब्रुअरी २०२४ ।

स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ ।
सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजन ले शुक्रबार उल्लेख गरेको छ । सन् २०२३ मा नवजात शिशुको सङ्ख्या सन् २००३ यता सबैभन्दा कम रह्यो । तर त्यतिबेलाको जनसङ्ख्या पनि आजको तुलनामा झण्डै १६ लाख कम थियो तथ्याङ्क स्वीडेनका जनसङ्ख्या तथ्याङ्कविद् एन-मारी पर्सनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गत वर्ष बसाइँसराइको ढाँचामा आएको परिवर्तनले पनि गत वर्ष सुस्त जनसङ्ख्या बृद्धि भएको बताइएको छ ।






