आईसीसी विश्वकप लिग २ मा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

SHARE:

काठमाडौं २५ फेब्रुअरी २०२४ ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७ ओभर ५ बलमा केबल २ विकेट गुमाउँदै भेट्टायो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले सर्वाधिक ५८ रन बनाए ।

त्यसैगरी साइनब्राड एङ्गेलब्रेख्टले ४६ रन जोडे । नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खेल सकिन ३ बल बाँकी छँदै अल आउट हुँदै १ सय ७२ रन बनायो ।

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ६६ रन बनाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!