संघीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा छ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २८ फेब्रुअरी २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले विगत चार वर्षदेखि बस्न नसकेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसी संघीयताको कार्यान्वयनका सम्बन्धमा विभिन्न निर्णयहरू भएको जानकारी दिए ।

उनले राष्ट्रिय निकुञ्ज र आरक्षण क्षेत्रमा आयोजना सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिका लागि सोको उपयोगसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको स्पष्ट गरे ।

प्रधानमन्त्री दाहालले काठमाडौं–तराई मधेस दू्रतमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग, जयनगर–जनकपुर–कुर्था–भगाहा रेल, सुनकोसी मरिण डाइभर्सनलगायत आयोजना र कामलाई गति दिन सरकार प्रयत्नशील रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!