बेलायतमा नेपाली रेस्टुरेन्ट मालिकमाथि श्रमशोषणको आरोप

SHARE:

लन्डन २९ फेब्रुअरी २०२४ । बेलायतमा एक नेपाली रेष्टुरेन्ट मालिकले ३२ लाख रुपैयाँसम्म तिरेका कामदारलाई श्रम शोषण गरिरहेको तथ्य बाहिरिएको छ ।

१७४ बेडफोर्ड रोड, केम्पसटन बेडफोर्डमा रहेको द ग्रिफीन दिया रोयल रेष्टुरेन्टका प्रोपाइटर निरनकुमार श्रेष्ठले ११ जना कामदारसँग जनही २७ देखि ३२ लाख रुपैयाँ (१६ देखि १९ हजार पाउण्ड) लिएर वर्क परमिटमा बेलायत झिकाइ यहाँ श्रम शोषण गरेका पीडितहरुले आरोप लगाएका छन् । पीडितहरुले गत १२ फेब्रुअरीमा एनआरएनए यूकेसमक्ष औपचारिक गुनासो गरेपछि यो तथ्य बाहिरिएको हो । पीडितहरु अहिले एनआरएनए यूके अफिसमै आउन सुरु गरेको संघले जनाएको छ ।

सञ्चालक श्रेष्ठले केही महिनाअघि माथि उल्लेखित कामदारहरुलाई आफ्नो नेपालको एनआइसी एसिया बैंक खातामा २७ देखि ३२ लाख रुपैयाँ हाल्न लगाएर वर्क परमिट भिसा दिलाएका थिए । बेलायत आइसकेपछि श्रेष्ठले कामदारहरुको बैंक खातामा मासिक १८ सय पाउण्ड हालिदिने तर ६ सय पाउण्ड ति कामदारले फेरि मालिककै खातामा फिर्ता गरिदिने सम्झौता गराएर मासिक जम्मा १२०० पाउण्ड तलब दिइ चरम श्रमशोषण गरेपछि पीडितहरु मुख खोल्न र प्रमाण दिन बाध्य भएका हुन् ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले पीडितको औपचारिक गुनासो आएपछि संघले उनीहरुको हितका लागि कानुनी प्रक्रिया थालिएको बताए । नेपालमा लाखौं पैसा लिएर नेपालीलाई बेलायत ल्याउनु गम्भीर मानव तस्करी भएको जनाउँदै गाहामगरले श्रेष्ठविरुद्ध बेलायतको मोडर्न स्लेभरी एक्ट २०१५ बमोजिम मुद्धा दायर गर्न कानुनविदसँग परामर्श लिइएको बताए ।

‘मोडर्न स्लेभरी एक्ट २०१५’ ले कुनै पनि मानिसलाई काम लगाएर न्यूनतम ज्याला वा सुविधा नदिए २५ वर्षसम्म जेल र असीमित जरिवाना हुनसक्ने कानुनी प्रावधान छ । पीडितहरुले नचाहे उनीहरुको परिचय गोप्य राखिने संघले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!