बेलायतले भिजा नदिएपछि उपसभामुख रानामगरको बेलायत भ्रमण स्थगित

SHARE:

लण्डन २९ फेब्रुअरी २०२४ ।

नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ ।

एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘भिजा’ का कारण अन्तिम समयमा स्थगित भएको हो । उपसभामुख रानामगरले बेलायत आउन आवेदन दिएको कूटनीतिक भिजा ९एक्जेम्ट भिजा० का लागि उनको योग्यता नपुगेको प्रष्टिकरण बेलायतले दिएको छ ।

विदेशी मुलुकका सबै अधिकारीहरुलाई ‘इमिग्रेसन कन्ट्रोल’ छुट नहुने तथा सो छुट पाउन उपसभामुख रानामगरको पनि योग्यता नपुग्ने बेलायतले प्रष्ट पारेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले ‘भिजा इष्यू’ ले उपसभामुख रानामगरको बेलायत भ्रमण अन्तिम समयमा रोकिन पुगेको जानकारी दिए।

पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो । विभिन्न संघसंस्थाले उनीसंग अन्तरक्रिया गर्ने समेत जनाएका थिए । उपसभामुख रानामगर एनआरएनए यूकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो।

त्यस्तै, मार्च ५ तारिख मंगलबार एनआरएनए यूकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धि मुद्धा’ मा एक अन्तरक्रिया तय थियो । एनआरएनए यूके अध्यक्ष गाहामगरले उपसभामुखको अनुपस्थितिमा पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्धाको अन्तरक्रिया स्थगित गरिने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!