लन्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना

SHARE:

Photo : London Fire Brigade

लन्डन १ मार्च २०२४ । लन्डनको साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रबार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

लन्डनको दक्षिणपश्चिममा रहेको नेचुरल हिस्ट्री म्युजियम नजिकै एम्परर्स गेटमा रहेको अपार्टमेन्टमा आगलागी भएपछि पाएको सूचना लगत्तै १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रकलाई घटनास्थलमा खटाइएको थियो । लन्डन फायर ब्रिगेडका अनुसार पाँच तल्ले भवनको भुइँतलाको आधा भाग उनीहरु आइपुग्दा आगोले जलेको थियो ।

उनले भने, “भुइँतलादेखि माथिल्लो तला र छानासम्म आगो फैलिएको छ । दमकल तथा अग्नि नियन्त्रण अधिकारीहरूले आगोलाई नियन्त्रणमा लिन कडा मेहनत गरिरहेका छन् ।

“आगलागिलार्ई नजिकैका भवनहरूमा फैलनबाट रोक्न काम भइरहेको छ,” घटनास्थलमा रहेका स्टेशन कमान्डर स्टिभ कोलिन्सले भन्नुभयो ।

पाँच जनालाई भर्‍याङ प्रयोग गरेर उद्धार गरिएको थियो भने करिब १३० बासिन्दालाई घर र वरपरका भवनबाट बाहिर निकालिएको थियो ।

धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या भएका करिब ११ जनाको उपचारका लागि अस्पताल लगिएको दमकल सेवाले जनाएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!