चितवनमा एक बालिकाको शंकास्पद मृत्यु, स्कुलका प्रिन्सिपलसहित तीन पक्राउ

SHARE:

चितवन १ मार्च २०२४ ।

चितवन रत्ननगरस्थित एक विद्यालयको होस्टेलमा एक १४ वर्षीया बालिकाको शंकास्पद रुपमा मृत्यु भएको घटनामा उक्त विद्यालयका प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन् ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो । उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन् । प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

सालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले यी जनाबिरुद्ध किटानी जाहेरी दिएका थिए। चितवन प्रहरीका अनुसार परिवारजनको जाहेरीपछि ती तीनलाई पक्राउ गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!