सोमालियामा हैजा रोक्न थप कोष खोज्दै डब्ल्यूएचओ

SHARE:

एजेन्सी १ मार्च २०२४ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमालियामा हैजा नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्यूएचओले प्रकोप नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधि कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ लागेपछि सोमालियामा दुईहजार ९४३ हैजाका नयाँ बिरामी फेला परेका छन् । २६ जनाको मृत्यु भएको छ । डब्लूएचओले मुख्यतया साबेले नदीको किनारमा बसोबास गर्ने विस्थापितका लागि सुरक्षित पानी र उचित सरसफाइमा समस्या हुनु वर्तमान हैजाको प्रकोपको प्रमुख कारण भएको बताएको छ ।

यसले छिमेकी इथियोपियामा हैजाको प्रकोपबाट फैलिएको सोमालिल्याण्डको हर्गेसा र गालिबे जिल्लामा नयाँ हैजाको प्रकोप पुष्टि भएको पनि बताएको छ । यसैबीच डब्लुएचओले स्वास्थ्य साझेदारहरूसँग मिलेर प्रभावित जिल्लाहरूमा हैजा प्रतिक्रिया गतिविधिहरूको कार्यान्वयनलाई बढाएको बताएको छ ।

डब्ल्युएचओका अनुसार सोमालियामा सन् २०२२ देखि पानीजन्य झाडापखाला र हैजाको प्रकोप बढेको छ जुन सन् २०१७ को खडेरीबाट बनादिर क्षेत्रमा समस्या बढ्दै गएपछि थप विकराल बन्दै गएको बताइएको छ । सन् २०२३ मा सोमालियामा १८ हाजर ३०४ जनाभन्दा बढी सङ्क्रमण देखिएको थियो । ४६ जनाको मृत्यु भएको थियो जसमा ५ वर्ष मुनिका १० हजारभन्दा बढी बालबालिकाहरू छन् ।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) का अनुसार सन् २०२४ मा हैजाको प्रकोप डरलाग्दो रहने अनुमान छ । लामो खडेरी, बहु चक्रवात, भारी वर्षा र ठूलो बाढी जस्ता चरम मौसमी घटनाका कारण हैजाको प्रकोप फैलिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!