त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाविरुद्ध नेपाल ३ रनले विजयी

SHARE:

काठमाडौं १ मार्च २०२४ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो । करण केसीले ८ रन दिएर एक विकेट लिए । योसँगै नेपालले पहिलो खेलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भएको छ ।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँगै २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो । नेपालका लागि कुशल मल्लले अविजित ५५ रनको योगदान गरे । आरिफ शेखले ३१, गुल्सन झा २६, अनिल साह २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नामिबियालाई रोक्ने क्रममा नेपालका करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान २र२ विकेट लिए भने अविनाश बोहराले एक विकेट खसाले ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!