
लन्डन २ मार्च २०२४ । बेलायतवासी काउन्सिलर धनबहादुर सार्की पर्यटन प्रवर्द्धकमा नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्कीसहित २९ जनालाई बिहीबार विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवर्द्धकमा नियुक्त भएको हो । सार्कीलाई क्यानडाको ह्याम्पसायर काउन्टीका लागि नियुक्त गरिएको हो । भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी धनबहादुर सार्की बेलायतको रसमोरको वेलिङटन वार्डबाट निर्वाचित काउन्सिलरसमेत हुन् ।
यस्तै, बेलायतको वेल्सका लागि सोमनाथ सापकोटा तथा आयरल्यान्डका लागि वसन्त न्यौपाने नियुक्त भएका छन् । पर्यटन प्रवर्तकसम्बन्धी कार्यविधि, २०७९ अनुसार पर्यटनमन्त्री सुदन किरातीले नियुक्त गरेका हुन् ।
मन्त्रीस्तरको यही फागुन १३ गतेको निर्णयअनुसार पर्यटन प्रवर्द्धक नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङद्वार जारी विज्ञप्तिमा उल्लेख छ ।






