अफगानिस्तानमा हिमपात र चिसो मौसमका कारण १५ जनाको मृत्यु

SHARE:

एजेन्सी २ मार्च २०२४ ।

अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण १५ जनाको मृत्यु भएको छ ।

निजी सञ्चार माध्यम टोलोन्युजले जनाए अनुसार विगत तीन दिनदेखि देशका विभिन्न प्रान्तहरूमा परेको भारी हिमपातको कारण १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

बल्ख र फर्याब प्रान्तले तयार पारेको तथ्याङ्कले मानवीय क्षतिबाहेक हालैको हिमपातका कारण करिब १० हजार पशुपक्षी मरेको पनि उल्लेख गरेको छ । अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ ।

भारी हिमपात र वर्षाबाट जनधनको क्षति भइरहेको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!