मेयर रेनु दाहाललाई नेपाली दुतावास लण्डनमा स्वागत

SHARE:

६ मार्च २०२४ बेलायत – भरतपुर उपमहानगर पालिकाका मेयर रेनु दाहाललाई नेपाली राजदुतावास लण्डनमा भब्य रुपले स्वागत गरिएको छ। उनलाई बेलायतको House of Common ले International Mayor Award in the Political & Public Life Awards 2024, UK Award प्रदान गरेको थियो। सो अवार्ड ग्रहण गर्न मेयर दाहाल बेलायत आएका हुन्।

स्वागत कार्यक्रममा भरतपुर भ्रमण बर्ष २०८० को डकुमेन्ट्री प्रदर्श गरिएको थियो। मेयर दाहालले सम्बृद्ध नेपाल बनाउन बेलायतवासी बिभिन्न संघ संथामा आबद्ध सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले खेलेको भूमिका तथा सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन। मेयर दाहालले बेलायतवासी नेपालीहरुलाई बेलायतका पर्यटकहरु लिएर चितवन घुम्न आउन अनुरोध गरेका छन।

मेयर दाहालले आज हाउस अफ कमनका उपसभामुखसंग भेटवार्ता भएको जनाएका थिए भने भोली International Mayor Award in the Political & Public Life Awards 2024, UK अवार्ड ग्रहण गर्ने कार्यक्रम रहेको जनाएका छन । उनि बेलायतमा रहदा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको अन्तराष्ट्रिय नारी दिवसलगायत बिभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुने जनाएका छन। उनले युरोप हुदै नेपाल फर्कने बताएका छन।

स्वागत कार्यक्रममा नेपाली राजदुतावास लण्डनका राजदुत महामहिम ज्ञान चन्द्र आचार्यले मेयर दाहाललाई बेलायतमा स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए भने दुतावासका उपनियोग प्रमुख रोशन खनालले कार्यक्रम संचालन गरेका थिए ।

स्वागत कार्यक्रममा नेपाली सेनाका सहचारी, दुतावासका कर्मचारी, गैर नेपाली संघका पदाधिकारी, बेलायत निवासी राजनीतिककर्मी, ब्यबसायी, पत्रकार, बौद्धिक तथा प्रबुद्ध ब्यकिहरुको ठुलो उपस्थिति रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!