नेफिन युकेले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

SHARE:

०६ मार्च २०२४, बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले शुक्रवार ८ मार्चको दिन बेलायतको साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा अन्तराष्ट्रिय दिवस मनाउने भएको छ।

अन्तराष्ट्रिय नारी दिवसको प्रमुख अतिथि भरतपुर उपमहा नगरपालिकाको मेयर रेनुलाई आमन्त्रण गरिएको छ भने बेशेष अतिथिहरुमा विश्वका १०० प्रभावशाली महिला २०२० बाट सम्मानित समाजसेवी सपना रोका मगर र The Ex Gurkha Women an Echo in the Story का परिकल्पनाकार सुजना थापा मगरलाई आमन्त्रण गरिएको छ।

कार्यक्रमको प्रमुख वक्तामा नेफिन केन्द्रका निबर्तमान सचिब तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुरालाई निम्त्याइएको नेफिन युकेका महासचिब बिमला सेनेले जानकारी दिएका छन।

अन्तराष्ट्रिय नारी दिवस नेफिन युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके, नेपाल आदिवासी जनजाति युवा महासंघ युके र नेपाल आदिवासी जनजाति साहित्य तथा लेखक महासंघ युकेको सयुक्त आयोजनामा हुने नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!