नेपालका लागि बेलायती राजदूत फेन र परराष्ट्रसचिव लम्सालबीच भेटवार्ता

SHARE:

काठमाडौं ७ मार्च २०२४ ।

नेपालका लागि बेलायती राजदूत रब फेन र परराष्ट्रसचिव सेवा लम्सालबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-बेलायत सम्बन्ध साथै गोर्खा समस्याका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हालै, संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई बेलायती भूतपूर्व गोर्खा सेनाका माग सम्बोधन गर्न दुई देशबीच हुने वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन पहल गर्न निर्देशन दिएको थियो ।

भूपू बेलायती गोर्खा सैनिकले सन् १९९७ भन्दा पहिले निवृत्त भएका बेलायती गोर्खा सैनिकलाई पनि बेलायती समकक्षीसरह समान पेन्सन, क्षतिपूर्ति, बेलायत स्टेट पेन्सन र नेपालमा औषधि उपचारलगायत कल्याणकारी विषयको माग उठाउँदै आएका छन् ।

गोर्खा मुद्दामा जारी त्रिपक्षीय वार्ताअन्तर्गत आगामी मार्च २७ मा मन्त्रीस्तरमा वार्ता गर्ने तयारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!