महिला तथा बालिकामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तालिबानलाई राष्ट्र सङ्घको आग्रह

SHARE:

एजेन्सी ८ मार्च २०२४ ।

महिला तथा बालिकाहरूमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन संयुक्त राष्ट्र सङ्घले तालिबानलाई आग्रह गरेको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिएका टोलो न्युजले जनाएको छ ।

अहिले धेरै महिला सार्वजनिक ठाउँमा जान डराउने गरेका उनले बताए । यसैबीच राष्ट्र सङ्घमा अमेरिकाका उपस्थायी प्रतिनिधि रोबर्ट वुडले कानुनीरूपमा हिजाब लगाउन आवश्यक नरहेका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिएको दाबी गर्नुभएको खबरमा उल्लेख छ ।

अफगानिस्तानमा मानव अधिकारसम्बन्धी राष्ट्र सङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले गएको वर्ष डिसेम्बरमा तालिबानसँग गैरसरकारी सङ्गठनहरूमा महिलाहरूलाई काम गर्न लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । उनले अर्थतन्त्रका लागि महिलाहरू महत्त्वपूर्ण भएको र अफगान समाजको कल्याण तथा प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेकोमा जोड दिएका थिए ।

तालिबानले मिडिया स्वतन्त्रतामा प्रतिबन्ध लगाएको छ भने महिलाहरूलाई पार्क र जिमजस्ता सार्वजनिक ठाउँमा जान रोक लगाएको छ । यसबाट अफगानिस्तानको अर्थतन्त्र तहसनहस भएको छ भने मानवीय सङ्कटसमेत बढेको छ । सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!